२५ असार २०८३, बिहीबार

समाजवादीका महासचिव भुषाल न्यूरो अस्पताल भर्ना

समाजवादीका महासचिव भुषाल न्यूरो अस्पताल भर्ना

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुषाल अस्वास्थ भएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । बाँसबारीस्थित रहेको न्यूरो अस्पतालमा उनी बुधबार साँझ भर्ना भएको सो दलका पोलिटव्यूरो सदस्य गणेश विकेले बताए ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि डा. भुषाल अस्पताल भर्ना भएको उनले बताए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य परीक्षणपछि सम्भवतः विहीबार अस्पतालले डिस्चार्ज गर्ने डा. भुषालको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्