०८ साउन २०८३, शुक्रबार

‘मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन’

‘मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा लगायतका दलहरुलाई सरकारमा लैजान मन्त्रालयको संख्या बढाइदिने हल्ला निराधार भएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।

मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने उनले बताएका छन् । मन्त्रिपरिषद विस्तारको तयारी भइरहेका बेला उनको यो अभिव्यक्ति आएको छ । उनले लेखेका छन्, “राप्रपा लगायतका दलहरुलाई सरकारमा लान मन्त्रालयहरुको संख्या बढाइदिने भन्ने हल्ला निराधार हो । मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।”  

salt training

कमेन्ट गर्नुहोस्