०६ असार २०८३, शनिबार

साँढेलाई ट्रकमा बाँधेर सडकमा घिसारेपछि चौतर्फी आलोचना

पुस २१, २०७९
साँढेलाई ट्रकमा बाँधेर सडकमा घिसारेपछि चौतर्फी आलोचना

छाडा चौपाया व्यवस्थापनको नाममा रुपन्देहीको सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चौतर्फी आलोचना भएको छ ।

बुधवार राति लु१ग ३६५ नम्बरको नगर प्रहरी लेखिएको ट्रकको पछाडि बाँधेर रगताम्य हुने गरी छाडा साँढेलाई लगेपछि स्थानीय नगर प्रमुख इस्तियाक अहमद खानको चौतर्फी आलोचना भएको छ । 

फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भैरहवामा पर्ने सिद्धार्थनगरले छाडा चौपाया व्यवस्थापनको काम शुरू गरिएको बताएको छ । व्यवस्थापन गर्ने नाममा निर्मतापूर्ण घिसारेर लगिएको भन्दै भैरहवाका स्थानीय युवाहरूले बुधबार साँझ नगरपालिका कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए ।

नगर प्रमुख खानले तस्वीरमा देखिएजस्तो घटना नभएको दाबी गरे । तस्वीरमा रगत जस्तो देखिए पनि त्यो बत्तीको प्रतिबिम्ब भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्