०८ असार २०८३, सोमबार

सट्टाबाजी खेलाएको अभियोगमा पक्राउ

सट्टाबाजी खेलाएको अभियोगमा पक्राउ

कीर्तिपुर नगरपालिका–१०स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि–२० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमार्फत सट्टाबाजी खेलाएको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उक्त अभियोगमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधवार दिउँसो पक्राउ गरेको हो । 

पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंग्स्बीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्