२५ जेठ २०८३, सोमबार
प्रधानमन्त्रीको पहलकदमी

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही अनुसार समायोजन गरी मूल्य कटौती गर्न प्रचण्डले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आमजनतालाई राहत अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य भारतबाट उल्लेख्य मात्रामा घटेर आए पनि नेपाल आयल निगमले खासै घटाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्