२७ जेठ २०८३, बुधबार

‘गुञ्जन’ चलचित्रको ट्रेलर सार्वजनिक

‘गुञ्जन’ चलचित्रको ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘गुञ्जन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच यही पुसको २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

प्रेमकथामा निर्माण भएको यो चलचित्रमा सारा सिर्पाइली, प्रितमराज सेञ्चुरी, कबिर खड्का, सरोज खनाल, हिउँवाला गौतम लगायतको शीर्ष भूमिका छ ।

चलचित्रलाई अष्टमान महर्जनले निर्देशन गरेका हुन् ।

महेश दवाडीको लेखन रहेको चलचित्रलाई हिराकृष्ण शाही र सुनिता शाहीले निर्माण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्