२८ जेठ २०८३, बिहीबार

चिनियाँ जनमुक्ति सेनामा प्रशिक्षित सैनिकहरूको कमी, खतरनाक हतियार चलाउन धौधौ

पुस २१, २०७९
चिनियाँ जनमुक्ति सेनामा प्रशिक्षित सैनिकहरूको कमी, खतरनाक हतियार चलाउन धौधौ

चिनियाँ जनमुक्ति सेनामा दक्ष र प्रशिक्षित सैनिकहरूको कमी रहेको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ । 

सेनासँग अत्याधुनिक हतियार रहेको तर त्यसलाई चलाउने दक्ष जनशक्ति चाहिँ नभएको खबरमा उल्लेख छ । 

विगत केही वर्षयता चिनियाँ जलसेनाले पुराना जहाज हटाएर नयाँ ल्याएको छ । तर नयाँ जहाज चलाउन जान्ने एकदमै कम मानिस छन् । उच्च प्रविधियुक्त जहाज र मशिनलाई पूरा क्षमताका साथ उपयोग गर्नका लागि चीनसँग पर्याप्त जनशक्ति छैन । 

कतिपय सैनिकहरूले आधारभूत प्रशिक्षण जाँच पनि पूरा गर्न सकेका छैनन् । पीएलए डेलीले गत डिसेम्बर २६ मा प्रकाशित गरेको रिपोर्टअनुसार, टाइप ०५६ र्कोेवेट शिपका भाइस क्याप्टेन चाङ येले प्रशिक्षण अन्त्यपछि लिइएको परीक्षा पास गर्न सकेका थिएनन् । अनि अर्को युद्धपोतका भाइस क्याप्टेन वाङ युबिङले पनि आधारभूत प्रशिक्षण पूरा गर्न सकेनन् । 

चिनियाँ सेनामा प्रशिक्षण संसाधन पर्याप्त नभएकाले सैनिकहरूलाई सही ढंगले तालिम नदिइएको बताइएको छ । 

चिनियाँ सेनामा ठूलो संख्यामा भर्ती त हुने गरेको छ तर कमै युवा मात्र सेनामा बसिरहन्छन् । 

चीनमा लामो समयसम्म अवलम्बन गरिएको एक सन्तान नीति यसका लागि जिम्मेवार रहेको विश्लेषकहरू बताउँछन् । 

यस नीतिका कारण एक मात्र सन्तान पाउने दम्पतीहरूले त्यस सन्तानलाई निकै पुलपुल्याएका हुन्छन् । सेनाका लागि आवश्यक शारीरिक शक्ति उनीहरूसँग हुँदैन । भर्ती भएपछि उनीहरूले अनेकौं समस्या बेहोर्नुपर्ने हुनाले बीचैमा छोड्ने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्