२८ जेठ २०८३, बिहीबार

फागुन २ देखि काठमाडौंमा औद्योगिक व्यापार मेला हुने

फागुन २ देखि काठमाडौंमा औद्योगिक व्यापार मेला हुने

आगामी फागुन पहिलो सातादेखि १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आयोजना हुन गइरहेको छ । स्वदेशी उत्पादनको प्रवर्धन गर्ने लक्ष्यसाथ नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दैआएको औद्योगिक प्रदर्शनी यस वर्ष पनि गर्न लागेको हो । 

विश्वभर कोभिड फैलिएपछि विगत तीन वर्षदेखि प्रदर्शनी रोकिएको थियो । कोभिड समस्या समाधान भएपछि यस पटक फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । 

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिनिधित्व गर्ने बताए ।  ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं र मिहनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ नारासाथ प्रदर्शनी हुँदैछ । 

अध्यक्ष सिंहले भने, “हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रबर्धनसमेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव कार्यक्रम प्रदर्शनीमा गरिनेछन् ।”

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सय स्टल रहने महासंघले जनाएको छ । दुई लाखभन्दा बढीले अवलोकन गर्ने तथा करिब सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्