२१ जेठ २०८३, बिहीबार

नेपाली अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र

नेपाली अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बिहीबार आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १५ औं वार्षिक साधारण सभामा उनले सो कुरा बताए ।

कृषि र पशुपालनलाई आर्थिक रुपान्तरणसँग जोड्न सके मात्र देशको वर्तमान आर्थिक अवस्था सुधार गर्न सकिने उनको भनाइ छ । अर्थतन्त्र सुधारका लागि सरकार, सहकारी र निजी क्षेत्रलाई तीन खम्बे नीतिका रुपमा स्वीकार गरिसकेकाले अब आर्थिक समृद्धिमार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारसहित समग्र देशको आर्थिक अवस्था सुधारमा कृषिलाई उच्च महत्वकासाथ सरकारले अगाडि बढाएको बताए ।  

नेपाल कृषि प्रदान देश भए पनि कृषिको आयत प्रतिस्थापन हुन नसक्नुको कारण पहिल्याउँदै सुधारका कामहरुलाई सकारले पनि उच्च महत्वकासाथ अगाडि बढाउने उनको भनाइ छ ।

सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री केशव बडालले ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि सहकारी क्षेत्रले खेलेको भूमिका प्रसंशा गर्न लायक रहेको बताए । अहिले पनि कृषि र पशुपालनमा युवाहरुलाई आकर्षित गर्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता उनले औंल्याए ।  

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानलाई माथि उठाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले खेलेको भूमिकाप्रति आभार प्रकट गरे । दक्षिण एसियाकै उदाहरणीय संस्थाका रुपमा केन्द्रीय संघले काम गरेको भन्दै राउटे किसानदेखि सिमान्तकृत, दलित, जनजाती, पिछडिएको वर्गलाई एकीकृत गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे ।  

सहकारी विभागका रजिष्ट्रार रुद्र पण्डितले नेपलामा विभिन्न किसिमका सहकारी रहे पनि खास सहकारी नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेको बताए । किसानहरुको हितमा काम गर्ने संस्थाका रुपमा नेपाल कृषि सहकारी केन्द्रीय संघलाई सहकारी विभागबाट सकारात्मक रुपान्तरणका लागि सदैव साथ सहयोग रहने प्रतिवद्धता जनाए । 

साना किसान कृषि सहकारी संस्थामार्फत उत्कृष्ट काम गरेका शिर्ष साना किसान कृषि सहकारी संस्था लि, डडेलधुराका लालसिंह राउटेलाई उष्कृष्ट किसानका रुपमा पुरस्कृत गरिएको छ । यसैगरी धादिङका चेतबहादुर गाइने, धनुषाकी बिनादेवी महरा चमार, भुटीदेवी मुसहर्नी धनुषा, ललितादेवी दास धनुषा, झापाकी फुलमुनी हेमरम सतार, इलामकी सङमीत लाप्चा र चितवन शक्तिखोरकी टिकामाया प्रजालाई उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत गरिएको छ । 

कार्यक्रममा उत्कृष्ट युवा उद्यमी किसानबाट सुर्खेतकी देवीसरा घर्ती, नुवाकोटका सुन्दर नेपाल र कास्कीका भोजबहादुर तामाङलाई पुरस्कार प्रदान गरिएको छ । यसैगरी उत्कृष्ट सञ्चालकको पुरस्कार उदयरपुरको महिला साना किसान कृषि सहकारी संस्था लि. सुन्दरपुर की निवर्तमान अध्यक्ष किरणकुमारी चौधरीलाई प्रदान गरिएको छ । 

देशभर रहेका ११ सय ३९ संस्थामध्ये साना किसान कृषि सहकारी संस्था लि. पृथ्वीनगर झापा र वसन्त साना किसान कृषि सहकारी संस्था लि. बदालपुर बर्दियालाई उत्कृष्ट साना किसान कृषि सहकारी संस्थाका रुपमा पुरस्कृत गरिएको छ । 

उत्कृष्ट प्रवन्धकका रुपमा समालवुङ साना किसान कृषि सहकारी संस्था लि. इलामकी शान्ता कार्की खड्का, साना किसान कृषि सहकारी संस्था लि. बज्रवराहीका ध्रवप्रसाद विडारी, साना किसान कृषि सहकारी संस्था लि. विरेन्द्र नगर चितवनका पुष्पराज राना र साना किसान कृषि सहकारी संस्था लि. बेदकोट दैजीका कर्णबहादुर धामीलाई पुरस्कृत गरिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघमा अहिले देशभरका ११ सय ३९ साना किसान कृषि सहकारी संस्था लि. आवद्ध छन् । संघको सञ्जाल ७७ वटै जिल्लामा विस्तार भएको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्