०५ साउन २०८३, मंगलबार

किन रोकियो ‘सक्किगोनि’ ?

‘पाँडे’ भन्छन् – तेस्रो सिजनको तयारीमा छौं
किन रोकियो ‘सक्किगोनि’ ?

हरेक बिहीवार राती हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ यससाता प्रसारणमा आएन् । 

अघिल्लो साता १०० औं भाग प्रसारणमा आएपछि टेलिसिरियलको नयाँ भाग प्रसारण रोकिन पुगेको छ । 

टेलिसिरियलका कलाकार एवं निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आफूहरू तेस्रो सिजनको तयारीमा लागेकोले प्रसारण रोकिएको जानकारी दिए । 

उनले टेलिभिजन व्यवस्थापनसँग सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको बताए । ‘अब, हामी तेस्रो सिजन ल्याउने तयारीमा लागेका छौं’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘केही सातापछि नयाँ सिजन लिएर पुनः दर्शकमाझ आउनेछौं ।’ नयाँ सिजन कहिलेदेखि आउँछ त्यो भने तय नभइसकेको उनले बताए ।

उनका अनुसार नयाँ सिजन कसरी, कुन स्वरुपमा ल्याउने भन्नेबारे टिमसँग छलफल भइरहेको छ ।

‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को संयुक्त लेखन एवं निर्देशनमा ‘सक्किगोनि’ प्रसारण हुँदै आएको थियो ।

अर्जुन र कुमारसँगै सागर लम्साल, हरि निरौला, गोविन्द कोइराला, मधुसुदन पाठक, कमलमणि नेपाल, दीपक आचार्य, सञ्जिता पाण्डे, कविराज भाम, रश्मी पाण्डे, प्रियना आचार्य, सितादेवी घिमिरे लगायतका कलाकारहरू टेलिसिरियलमा देखिँदै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्