२१ असार २०८३, आइतबार

सूर्यज्योति लाइफ बन्यो आईएसओ गुणस्तर चिह्न प्राप्त जीवन बीमा कम्पनी

सूर्यज्योति लाइफ बन्यो आईएसओ गुणस्तर चिह्न प्राप्त जीवन बीमा कम्पनी

युनाइटेड रजिष्टर अफ सिस्टमले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी आइएसओ ९००१ः२०१५ द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरी विभुषित गरेको छ । 

उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राही माझ पुर्‍याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । सूर्यज्योति लाइफले ई.सं. २०२३ जनवरी ४ मा आधिकारीक गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको हो । यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेपश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतहरूलाई सेवा सुविधामा थप सवल र सहज पार्दै जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए । 

साथै सूयज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरूको आवश्यकता र चाहनालाई  मनन गर्दै समयसापेक्ष कम्पनीले आफ्ना सेवाहरूलाई अझ परिस्कृत गर्दै लैजाने कुरा पनि व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्