
संसद् सचिवालयले शुक्रवार सर्वदलीय बैठक बोलाएको छ । पुस २५ मा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको हो । बैठक संसद सचिवालयमा जारी छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि शुरू हुँदैछ । संसदमा कार्य व्यवस्था परामर्श समिति गठन नभएकाले सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू सहभागी छन् ।
पुस २५ गतेदेखि संसदको अधिवेशन शुरु हुँदैछ । पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेछन् ।