२६ असार २०८३, शुक्रबार

कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर (करार) सञ्जयप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले शुक्रवार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले उनलाई गत असोज ३१ गते ५ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो । उनलाई आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । 

अनुसन्धानको सिलसिलामा यादवले सेवाग्राहीसँग जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी भदौमा ६ हजार र असोजमा ५ हजार गरी कूल ११ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । अख्तियारले उनीविरुद्ध ११ हजार रुपैयाँ बिगो, जरिबाना र कैद सजायको माग दाबी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्