१० साउन २०८३, आइतबार

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको हो ।

पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको छ । गत मंसिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप संकलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ । 

पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्