१८ असार २०८३, बिहीबार

सामूहिक कुटपिटमा बुटवलमा एक पुरुषको हत्या

सामूहिक कुटपिटमा बुटवलमा एक पुरुषको हत्या

बुटवल । बुटवलमा सामूहिक कुटपिटबाट एक पुरुषको हत्या भएको छ । बुटवल उपमहानगरपालिका–१३ नागरिक टोलका ६० वर्षीय यमप्रसाद नेपालको घरमै बसिरहेको बेला एक समूहले कुटपिट गर्दा मृत्यु भएको हो । 
शुक्रबार साँझ करिब ६ बजेतिर स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली, अनिल पराजुली, खेम पाण्डे, गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेपालको मृत्यु भएको बताइएको छ । मृतक नेपाल र कुटपिट गर्ने छिमेकी रहेको बताइएको छ । 

इलाका प्रहरी कार्यालयमा बुटवलमा प्रमुख डीएसपी दानबहादुर थापाले घटनामा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको लोकान्तरलाई जानकारी दिए ।  कुटपिटको प्रतिकार गर्दा यमप्रसादका दुई छोराहरू दीपेश र दिवस घाइते भएका छन् । कुटपिटपछि नेपाललाई नजिकैको एडमण्ड सिटी अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्