
अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९ हुँदैछ । आगामी माघ ६ गते शुक्रबार चलचित्र बिकाश बोर्डको प्रेक्षालयमा सो कार्यक्रम हुने आयोजकले जनाएको छ ।
गत बर्षदेखि हुदैंआएको नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाइनरहरुको लागि “दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९“ यस बर्ष पनि हुन लागेको हो ।
सुन्दरताको क्षेत्रमा योगदान दिएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसायसँग आबद्ध सबै विधा–मेकअप, हेयर, नेल, फेसियललगायत अन्य विधा, कस्मेटिक प्रोडक्ट, कस्मेटिक कम्पनि र फेसन मोडल, फेसन बुटिकलाई अवार्ड तथा सम्मान प्रदान गरिने आयोजक कमिटीका संयोजक सूर्य चन्दले बताए ।
सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भएकाले नेपाली सौन्दर्यकला ब्यबसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न र सौन्दर्यकर्मीको पेशालाई सम्मान गर्न कार्यक्रमको आयोजना गरिन लागेको उनको भनाइ छ ।
अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान दिएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरिने चन्द्रले जानकारी दिए । त्यस्तै, सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बिशिष्ठ कलाकार, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागिता रहने बताइएको छ ।