०७ असार २०८३, आइतबार

कोभिड संक्रमणको जोखिम कायमै

कोभिड संक्रमणको जोखिम कायमै

थप दुई जनामा कोभिड १९ संक्रमण पुष्टि भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। संक्रमण संख्या थपिएसँगै नेपालमा कोभिडको जोखिम कायमै रहेको चिकित्सकहरुको भनाइ छ । नयाँ भेरियन्ट बीएफ ७ को संक्रमण नेपालमा अहिलेसम्म नदेखिए पनि छिमेकी मुलुकमा फैलिरहेका कारण त्यसको उच्च जोखिममा नेपाल रहेको चिकित्सकको बुझाइ छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोभिड संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९७७ पुगेको मन्त्रालयको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्