२६ असार २०८३, शुक्रबार

विभिन्न सहयोग प्रदान गरी मनायो नेपाल फाइनान्सले वार्षिकोत्सव

विभिन्न सहयोग प्रदान गरी  मनायो नेपाल फाइनान्सले वार्षिकोत्सव

निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ साल पुस २२ गतेबाट विधिवत कारोबार शुभारम्भ गरेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो ३० औं बार्षिकोत्सव रक्तदानसहित विविध कार्यक्रम गरी मनाएको छ । 

संस्थाले वार्षिकोत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालयमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष हिरेन्द्रमान प्रधानको नेतृत्वमा वार्षिकोत्सव सम्पन्न गरेको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले जानकारी दिए ।

नेपाल प्रहरी अस्पताल, महाराजगन्ज, काठमाडौं रक्त संचार शाखाको सहयोगमा संस्थाका कर्मचारी, संस्थाको केन्द्रीय कार्यालय रहेको भवन म्याक्स इन्टरनेशनलमा कार्यरत कर्मचारीहरु एवम् संस्थाका शुभचिन्तकहरु समेत गरी जम्मा ३७ जनाले रक्तदान गरेको थपलियाले बताए । सो अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विभिन्न शाखा कार्यालयमध्ये हेटौडा शाखा कार्यालयले डिभाइन सर्भिस होम वल्डएज, हेटौडामा रहेको ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न, सामग्री, ग्यास सिलिण्डर लगायतका उपभोग्य सामानहरु सहयोग गरेको छ ।

त्यसैगरी संस्थाको मुर्गिया शाखा कार्यालयले कालिका प्राथमिक विद्यालय, सैनामैना, गैंडाकोट शाखा कार्यालयले भाग्यदय आधारभुत बिद्यालय, गैंडाकोट, माछापुच्छ्रे शाखा कार्यालयले भुर्जङ्गखोलास्थित श्रीकृष्ण महादेव आधारभुत स्कुल, धनुषाधाम शाखा कार्यालयले राष्ट्रिय प्राथमिक विद्यालय, मंगलपुर, तिलोत्तमा शाखा कार्यालयले हाम्रो सगरमाथा आधारभुत विद्यालय, शंकरनगर र पालुङ्गटार शाखा कार्यालयले बिन्ध्याबासीनी आधारभुत बिद्यालय, पालुङ्गटार गरी  ६ वटा शाखा कार्यालयले बिद्यालयहरुमा कपी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेको थपलियाले बताए ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा संस्थाको १२ वटा शाखा कार्यालय र २ वटा एक्सेन्टशन काउण्टरमार्फत आधुनिक बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दैआएको थपलियाले जनाए । 

salt training

कमेन्ट गर्नुहोस्