माघ ११, २०७९
राकुटेन भाइबरले दुई प्रमुख शुरुवातहरू घोषणा गरेको छ। नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छ, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने जनाएको छ। ...
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एमबीपीएस इन्टरनेट र रु. १ हजार १५४ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने जनाएको छ ।
कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सिजीनेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो । ‘पहिले सेवा पछि पैसा’को अवधारणाले शुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरेपछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।
यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरि रु २ हजार ५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्चजस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।
इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सिजीनेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरूसहित पोस्टपेड योजना ल्याएको छ ।
यस योजनाको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरू प्रदान गर्नुका साथै सहज र स्वतन्त्रताका साथ इन्टरनेट प्रदान गर्नु हो । नेपाली इन्टरनेट उद्योगको भुक्तानी नीतिप्रति जनताको धारणा परिवर्तन गर्न सिजीनेटको यो नयाँ दृष्टिकोण अत्यन्त आशाजनक छ ।
राकुटेन भाइबरले दुई प्रमुख शुरुवातहरू घोषणा गरेको छ। नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छ, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने जनाएको छ। ...
सूचना प्रविधिको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक आगामी माघ २४ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डमा हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा २८ औं संस्करणको क्यान इन्फोटेक गर्न...
नेपाल विद्युत् प्राधिकरणले पोल प्रयोग गरेवापत लिने भाडामा अस्वभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संस्था (आइस्पान)ले विरोध गरेको छ । आइस्पानले सोमवार पत्रकार सम्मेलन आयोजना गरेरै इन्टरनेटको ...
नेपाल टेलिकमले आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा रहे–नरहेको निश्चित गर्न आग्रह गरेको छ । पछिल्लो समय अरुको नाममा सिम निकालेर दुरुपयोग गर्ने क्रम बढेको र आफ्नो विभिन्न डाटा असुरक्षितसमेत हु...
बागलुङको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्य...
नेपाल टेलिकमले भोलि (२०७९ पुस २८ गते) देखि लागु हुनेगरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरूको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...