
प्रदेश १ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ता साझेदारीको औपचारिक सहमति गरेका छन् ।
एमालेका संसदीय दलका नेता हिक्मत कार्की र माओवादीका संसदीय दलका नेता इन्द्र आङ्बोबीच सरकार गठनका विषयमा समझदारी भएको हो ।
एमाले र माओवादीबीच केन्द्रमा यसअघि नै सहमति भइसकेको थियो । यससँगै एमालेका हिक्मत कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।
पहिलो चरणमा एमाले र माओवादीबाट एक-एक जना मन्त्री बनाउने सहमति पनि भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार पहिलो चरणमा एमालेबाट तिलकुमार मेयाङ्वो र माओवादीबाट दुर्गाप्रसाद चापागाईं मन्त्री बन्नेछन् ।
तिलप्रसाद एमालेका पोलिटब्युरो सदस्य हुन् भने चापागाईं माओवादीका केन्द्रीय सदस्य छन् ।