०७ साउन २०८३, बिहीबार

नेपाल टी-२० मा फिक्सिङ प्रकरण : सेभेन थ्री स्पोर्ट्सकै संलग्नता रहेको आशंका

नेपाल टी-२० मा फिक्सिङ प्रकरण : सेभेन थ्री स्पोर्ट्सकै संलग्नता रहेको आशंका

काठमाडौंमा जारी नेपाल टी-२० लीग क्रिकेट प्रतियोगितामा भएको 'स्पट फिक्सिङ'मा आयोजक साझेदार संस्था सेभेन थ्री स्पोर्ट्सकै संलग्नता रहेको आशंका गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धानबाट पनि लीगको आयोजक समेत रहेको साझेदार संस्था सेभेन थ्री स्पोर्ट्सकै संलग्नता फिक्सिङमा रहेको आशंकालाई बल पुगेको हो ।

सीआईबी प्रमुख समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीले पनि त्यसको पुष्टि गरेका छन् ।

'अहिलेसम्मको अनुसन्धानमा स्पट फिक्सिङ भएको देखिएको छ। आयोजक संस्थाको पनि कनेक्सन भएको हाम्रो आशंका छ,' सीआईबी प्रमुख सुवेदीले लोकान्तरसँग भने, 'थप कुरा अनुसन्धान गर्न बाँकी छ।'

काठमाडौं नाइट्सका कप्तान तथा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टीमका एक खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्