
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रदेशसभाका ९३ संसदमध्ये ६० सांसदको समर्थन लिएर कार्की प्रदेश प्रमुखकोमा पुगेका थिए ।
एमालेका ४०, माओवादी केन्द्रका १३ , राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सांसदले कार्कीलाई समर्थन गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एसले भने कार्कीलाई समर्थन गरेका छैनन् ।
प्रदेश १ मा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख लिने गरी सहमति जुटेको छ ।