×

NMB BANK
NIC ASIA

एकीकृत कारोबार गर्दै नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, दुई दिन सेवा बन्द

पुस २४, २०७९

NTC
Premier Steels

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

Muktinath Bank

राष्ट्र बैंकले गत पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नामबाट आगामी पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौँ जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ ।


Advertisment
Nabil box
Kumari

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी रु  १८ खर्ब ३१ अर्ब छ भने मेगा बैंकको रु १६ खर्ब १२ अर्ब रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४ खर्ब ४३ अर्ब पुग्नेछ । मर्जरपश्चात् जगेडा कोष रु १९ अर्ब ७५ करोड, निक्षेप सङ्कलन रु तीन खर्ब ४६ अर्ब ८५ करोड र कर्जा प्रवाह रु तीन खर्ब १९ अर्ब ४४ करोड पुग्नेछ । मर्जरपश्चात् उपत्यकाभित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यकाबाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय दुई सय  दुई र एटिएम सङ्ख्या दुई सय ७९ वटा पुग्नेछन् ।

Vianet communication

यही पुस २७ गते एकीकृत कारोबार अगाडि दुई दिन नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले दुई दिन सेवा बन्द गर्ने भएको छ । बैंकले सूचना सार्वजनिक गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि बैंकले पुस २५ र २६ गते सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको हो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x