०७ असार २०८३, आइतबार

सत्ता साझेदार दलमा मुख्यमन्त्रीको भागबण्डा टुंगियो

सत्ता साझेदार दलमा मुख्यमन्त्रीको भागबण्डा टुंगियो

नेकपा एमालेले पहिलो चरणमा ४ प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा एमालेले ४ प्रदेशमा मुख्यमन्त्री लिने समझदारी भएको हो । 

बालुवाटार स्रोतका अनुसार मा‌ओवादी केन्द्रले २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो मुख्यमन्त्रीमा नेतृत्व लिने समझदारी भएको छ । जसअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री  लिने भएको छ । एमालेबाट प्रदेश १ मा सोमबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् । 

 त्यसैगरी माओवादी केन्द्रले बागमती र कर्णाली प्रदेशको नेतृत्व पाउने समझदारी भएको छ । यद्यपि बागमती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा–आधा कार्यकाल नेतृत्व गर्ने समझदारी भएको छ । 

सुदूरपश्चिममा पनि एमाले र माओवादीबीच आधा आधा कार्यकाल लिने सहमति भएको बताइएको छ । जसअनुसार पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने सहमति भएको छ । 
सत्ता साझेदार दलबीच सभामुख र उपसभामुखमा पनि भागबण्डा गरिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्