
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ।
सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने पहिलो कार्यसूची तय भएको छ। यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन हुनेछ।
बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रतिनिधिसभा नियमावलीअनुसार सात जना सदस्य चयन गरिनेछ।
आजको बैठकमा २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे पनि जानकारी गराउनेछन् । आजको बैठकमा तीन जना दिवंगत पूर्वसांसदहरूको शोक प्रस्ताव पारित गरिने उल्लेख छ।