२७ असार २०८३, शनिबार
प्रतिनिधिसभाको पहिलो बैठक

देउवाले प्रधानमन्त्री प्रचण्डलाई संसदबाटै दिए बधाई

देउवाले प्रधानमन्त्री प्रचण्डलाई संसदबाटै दिए बधाई
फाइल फोटो

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै देउवाले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

'माननीय पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ । उहाँको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन भएको छ,' कांग्रेस सभापति समेत रहेका देउवाले भने, 'नवनियुक्त प्रधानमन्त्री प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु । कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छु ।'

उनले प्रतिनिधिसभामा निर्वाचित भएर आएका सबै सांसदलाई बधाई दिए ।

'प्रतिनिधिसभामा निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यलाई बधाई । ५ वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्न सक्नुहुनेछ भन्ने विश्वास छ,' देउवाले भने ।

salt training

कमेन्ट गर्नुहोस्