११ साउन २०८३, सोमबार
संसदमा ओली

नयाँ संसद्को बैठकमा ओलीले दोहोर्‍याए– प्रतिनिधिसभा विघटन प्रतिगमन होइन

नयाँ संसद्को बैठकमा ओलीले दोहोर्‍याए– प्रतिनिधिसभा विघटन प्रतिगमन होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने काम प्रतिगमन नभएको दाबी दोहोर्‍याएका छन् । 

संसद्को जननी बेलायतमा पटक–पटक प्रतिनिधिसभा विघटन भएको भन्दै उनले जनतामा जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरे ।

सोमवार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले दुई वर्षअघि भएको प्रतिनिधिसभा विघटनको बचाउ गरेका हुन् । 

‘जनतामा जानका लागि प्रतिनिधिसभा विघटन गरिनु प्रतिगमन होइन, प्रतिनिधिसभा विघटन प्रतिगमन हुने भए संसद्को जननी बेलायतमा कतिपटक प्रतिगमन भएछ ?, मौका अनुसारको व्याख्या नगरौं ।’

उनले संसद् भन्दा बाहिरबाट सरकार आउनुचाहिँ प्रतिगमन भएको भन्दै त्यस्तो प्रतिगमन दोहोरिन नदिने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्