बंगलादेशको एक विमान उडिरहेको बेलामा यात्रुहरूबीच कुटाकुट भएको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा एक युवकले शर्ट खोलेर अर्का एक यात्रुलाई मुक्का हानिरहेको देखिन्छ ।
घटना बंगलादेशको राष्ट्रिय ध्वजावाहक ‘बिमान’ को बोइङ ७७७ मा भएको हो ।
फ्रन्ट रोमा बसेका यात्रुको कोलरमा समातेर शर्ट नलगाएका युवकले मुक्का हानेको भिडियोमा देखिन्छ । मुक्का हान्ने युवक आफैं पनि रोइरहेको देखिन्छ । कुटाइ खाने व्यक्ति आफैंले पनि कुटेको देखिन्छ ।
विमान कर्मचारीहरूले ती दुई यात्रुलाई रोक्न खोजेको भए पनि सकेका थिएनन् ।
दक्षिण एसियाली यात्रुहरूले विमानमा यस्ता घटना गरेका उदाहरण पछिल्लो समयमा लगातार सार्वजनिक भइरहेका छन् ।