१० साउन २०८३, आइतबार

नेकपा एस प्रवेश गर्दै भूसालले भने, 'ओलीकै कारण एमालेमा बस्न सकिनँ'

नेकपा एस प्रवेश गर्दै भूसालले भने, 'ओलीकै कारण एमालेमा बस्न सकिनँ'

एमालेमा अध्यक्ष केपी ओलीको अहम् र हैकमका कारण एमाले छोड्नुपरेको नेता घनश्याम भूसालले बताएका छन् ।

बानेश्वस्थित पार्टी प्यालेसमा नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्दै भूसालले ओलीको अहंकारले आफू त्यहाँ बस्न नसकेको बताएका हुन् । 

‘ओलीमा ओलीवाद हाबी भयो । म नै सबैथोक हुँ । पार्टी, सिद्धान्त र राज्य सबै मै हुँ भन्ने सोचे’, भुसालले भने, ‘व्यक्तिगत तहमा गएर गालीगलौज गर्ने तर नीति सिद्धान्तमा कहिल्यै बहस नगर्ने अहमता छ । म आफू कहिल्यै गालीगलोजमा उत्रिनँ।’

आफूलाई चुनाव हराउन मण्डले ल्याएपछि त्यहाँ बस्न नसकेकोसमेत उनले बताए । ‘मेरो क्षेत्रमा मैले अघिल्लो पटकको चुनावमा हराएको मण्डलेलाई ल्याउने तर मलाई निकाल्ने विषय मैले सहन सकिनँ । यस्ता अपमान एउटा जिउँदो मान्छे र नेताले सहने कुरा हो’, उनले भने, ‘अंहकारीको अपमान सहेर बस्नु हुँदैन भनेर म त्यहाँ प्रतिवाद गरेर हिँडेको हुँ ।’

salt training

कमेन्ट गर्नुहोस्