०२ साउन २०८३, शनिबार

आज गण्डकीमा सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल उम्मेदवार

आज गण्डकीमा सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल उम्मेदवार
फाइल फोटो

सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको शुक्रवार साँझ बसेको बैठकले गोरखा क्षेत्र नम्बर १(१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दलका नेता एवं प्रदेश सरकारका विना विभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए । सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ ।

नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो । सोहीअनुसार नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिवार अपराह्न ३ बजे बोलाइएको छ  । प्रदेशसभाको शुक्रवारको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभा सभामुख चयन गर्न शनिवार बैठक बोलाएका हुन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्