
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित २ यातायात प्रालि समायोजन भएका छन् ।
वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालिबीच समायोजन भएको हो ।
बौद्ध यातायात प्रालिका अध्यक्ष कमल गुरुङले आफ्नो संस्थामा रहेका १४४ सवारीलाई शुक्रवार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै पब्लिक हिमाल यातायात प्रालिमा समायोजन भएको बताए ।
‘हामी यही माघ १ गतेबाट संयुक्त रूपमा यातायात सञ्चालन गर्नेछौं,’ उनले भने ।
पब्लिक हिमाल यातायात प्रालिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले यातायातको क्षेत्रमा आएको धेरै फुट र विभाजनको अवस्थाले सवारीधनी धराशायी हुन पुगेकाले समायोजन हुनुपरेको बताए । यसले सवारीधनीलाई धेरै राहत हुनेमा विश्वास रहेको उनको भनाइ थियो ।