×

NMB BANK
NIC ASIA

माघ ५ मा सभामुख निर्वाचन

यी हुन् एमालेबाट सभामुखमा सम्भावित अनुहार

पुस ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ गठबन्धनबीचको सहमतिअनुसार सभामुख एमालेको भागमा पर्दा सम्भावित उम्मेदवार को हुन्छ भन्नेमा यतिखेर सर्वत्र चासो छ ।

Sagarmatha Cement
Muktinath Bank

संसद् सदस्य नै उम्मेदवार हुनुपर्ने यो पदका लागि एमालेले कसलाई अघि सार्छ भन्ने विषय पनि उत्तिकै चासोपूर्वक हेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुखको चुनाव ५ माघमा हुँदैछ । आलोपालोमा पहिले एमालेले सभामुख लिँदैछ ।


Advertisment
Nabil box
Kumari

सोमरबारम्म सभामुखको उम्मेदवार तय गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।

Vianet communication
Laxmi Bank

‘भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार भयो भने हामी सभामुखबारे पर्सीसम्म टुंगोमा पुग्छौं’, ज्ञवालीले लोकान्तरसँग भने, ‘संसदीय प्रणाली बुझेको, जुनसुकै दलसँग समन्वय गर्न सक्ने पात्र अघि सार्ने तयारीमा छ ।’

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सभामुख र राष्ट्रपतिको चुनावलाई फरक नपार्ने ज्ञवाली बताउँछन् ।

‘कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि उनीहरूले प्रतिपक्षमा बस्ने भनेका छन् ।

अहिलेको गठबन्धन विश्वासको एउटा एउटा जगमा बनेको छ । यसैले सभामुखको चुनाव मात्रै होइन राष्ट्रपतिको चुनावसम्म पनि यो गठबन्धन प्रभावित हुँदैन,’ ज्ञवालीले भने ।

यसअघि सभामुख भइसकेका सुवासचन्द्र नेम्वाङले यसपटक राष्ट्रपतिमा रुचि देखाएका छन् ।

एमालेबाट सभामुखमा ४ नेता मुख्य दाबेदारका रुपमा आएका छन् । यी ४ नेतामा गण्डकी प्रदेशमा मुख्यमन्त्री भइसकेका पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र रघुजी पन्त छन् ।

यी चारमध्ये पनि महासेठले सभामुखको लागि सबैभन्दा बढी इच्छा देखाएको एमाले स्रोत बताउँछ । गुरुङले पनि सभामुखमा इच्छा देखाएका छन् । तर महासेठले जति उनले मरिहत्ते नगरेको स्रोत बताउँछ । अर्का नेता छविलाल विश्वकर्माले पनि सभामुखमा दाबी गरेका छन् ।

१० बुँदे पक्षधर नेता रघुजी पन्तले पनि सभामुखमा दाबी गरिरहेका छन् । ओली खेमामा यसअघि माधव नेपालनिकट रहेका नेतालाई पेलेर जान नहुने मत पनि बलियो रहेको बताइन्छ । पन्त दलहरूबीच समन्वय गर्न सक्ने र अनुभवी नेता हुन् भन्ने बहस पनि भइरहेको छ ।

पछिल्लो समय विपक्षी कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सभामुखको उम्मेदवार पनि अनुभवी र बाहिरबाट पनि रुचाउने अनुहार हुनुपर्ने मत एमालेमा छ ।

यसैले पनि यसअघि सभामुख भइसकेका सुवासचन्द्र नेम्वाङजस्तै सर्वमान्य पात्रको खोजीमा अध्यक्ष केपी ओली रहेका बताइन्छ ।

‘सभामुख बनाउनका लागि मात्रै बनाएर हुँदैन । दलहरूसँग समन्वय गर्न अनुभवी नेता सभामुखमा पठाउनुपर्छ भन्नेमा अध्यक्ष हुनुहुन्छ’, ओलीनिकट स्रोतले भन्यो, ‘कांग्रेसले विश्वासको मत प्रधानमन्त्रीलाई दिएपछि राष्ट्रपतिको चुनाव पनि पेचिलो हुने देखिएको छ । यसैले अनुभवी र समन्वय गर्न सक्ने नेतालाई सभामुखमा बनाउनुपर्छ भन्नेमा अध्यक्ष हुनुहुन्छ ।’

जनजाति समुदायका गुरुङ वा दलित समुदायका विश्वकर्मालाई अघि सार्न सक्दा बाहिर पनि सकारात्मक सन्देश जाने सुझाव अध्यक्षलाई आएको स्रोत बताउँछ ।

तर एमाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले पनि संसदमा रहेका दलसँग छलफल गरेर निर्णय लिने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सभामुखको विषयमा कसरी जाने भन्नेमा विश्वासको मत दिने दलबीच ३ माघमा छलफल गर्दैछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x