०२ असार २०८३, मंगलबार

‘प्रभावकारी न्याय सम्पादनका लागि व्यापक सुधार आवश्यक’

‘प्रभावकारी न्याय सम्पादनका लागि व्यापक सुधार आवश्यक’

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले प्रभावकारी न्याय सम्पादनका लागि अपराध अनुसन्धान पद्धति र अभियोजन अभ्यासमा नै व्यापक सुधारको आवश्यकता औँल्याएका छन्। 

मधेस प्रदेशको राजधानी जनकपुरधाम, धनुषामा आज आयोजित अन्तक्र्रियामा महान्यायाधिवक्ता डा पोखरेलले गम्भीरतापूर्वक अपराध अनुसन्धान पद्धति र अभियोजन अभ्यासमा तत्काल सुधार नगरे थप समस्या आउने बताए । न्याय सम्पादनमा ढिलासुस्ती, राज्यमाथि थपिने व्ययभार र निर्दोष व्यक्तिको सुरक्षाका लागि पनि अहिलेको अभ्यासमा सुधार अपरिहार्य रहेकोले आफूले प्राथमिकताका साथ त्यसमा बहस सुरु गरिसकेको जानकारी दिए । 

त्यसैगरी महान्यायाधिवक्ता डा पोखरेलले दक्ष, व्यावसायिक र प्रतिस्पर्धी कानून व्यवसायीको अभावमा सक्षम न्यायपालिकाको परिकल्पना गर्न नसकिने भएकोले यसमा पनि सबैले ध्यान दिनुपर्ने बताए । 

त्यसैगरी नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्याय क्षेत्रको समष्टिगत सुधारका लागि न्याय सम्पादनसँग जोडिएका सबै पक्षमा सुधार गनुपर्ने धारणा राखे ।

नेपाल कानून व्यवसायी परिषद्को २९औँ स्थापना दिवस एवं परिषद्को वार्षिक गतिविधि, प्रस्तावित संशोधित ऐन, आचारसंहिता तथा ड्रेसकोडसम्बन्धी एक दिवसीय अन्तक्रियामा कानूनविद् डा चन्द्रकान्त ज्ञवाली, उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुङ्गेल, जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेललगायतले उल्लिखित विषयमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्