२९ जेठ २०८३, शुक्रबार

आमाबाबुको हेरचाहले नै पुण्य प्राप्त हुन्छ : कलाकार श्रेष्ठ

आमाबाबुको हेरचाहले नै पुण्य प्राप्त हुन्छ : कलाकार श्रेष्ठ

आमा बुवा सबैभन्दा ठूला देवता भएकाले सम्मान गर्न नयाँ पुस्तालाई बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आग्रह गरेका छन् । श्रेष्ठले आमाबुबाको हेर विचार र स्याहार गर्ने कामले नै पुन्य प्राप्त हुने बताए ।

युवा पुस्तालाई व्यक्तिवादी स्वार्थबाट माथि उठ्न उनले आग्रह गरे । ललितपुरको लामाटार क्षेत्रमा शनिबार जेष्ठ नागरिकलाई कम्वल वितरण गर्दै कलाकार श्रेष्ठले पछिल्लो समय ज्येष्ठ नागरिकहरु अपहेलित हुनुपरेको बताए । 

लामाटार कृषि बहुउद्देशीय सहकारी संस्थाले लामाटारको राममन्दीर परिसरमा गरेको कार्यक्रममा दुई सयभन्दा बढी जेष्ठ नागरिकलाई न्यानो कम्वल वितरण गरिएको छ । संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले राम मन्दिर परिसरमा न्यानो कम्वल प्रदान गरी ज्येष्ठ नागरिकको सम्मान गरेर नयाँ पुस्तालाई शिक्षा दिन खोजेको बताए ।

सहकारी क्षेत्रप्रति नै भैरहेको अविश्वासको अन्त्य गर्न यस्ता कार्यक्रमको निरन्तरता जरुरी भएको पनि उनले बताए । संस्थाका सञ्चालक उपाध्यक्ष पुष्करराज प्याकुरेलले किसानहरुको हक हितका लागि काम गर्दैआएको संस्थाले समाजमा राम्रो सन्देश दिने यस्ता काम गर्दैजाने प्रतिवद्धता व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्