०२ असार २०८३, मंगलबार

लागुऔषध सेवनगरी गाडी चलाउने एक अमेरिकनसहित सात पक्राउ

लागुऔषध सेवनगरी गाडी चलाउने एक अमेरिकनसहित सात पक्राउ

भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवनगरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरिकसहित ७ जना चालकलाई  शनिबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ  । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा चालक पक्राउ परेका हुन् । 

बा ६९ प  ५६ २७ नम्बरको मोटरसाइकल चालक अमेरिकन नागरिक टास्कम होप्कन, बा ९५ प ६२ ५१ नम्बरको मोटरसाकल चालक भक्तपुरको जगातीका अशोक गुरुङ, बा ८१ प ४२ ६३ नम्बरको मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपाका आकाश तामाङ पक्राउ परेका हुन् । 

त्यस्तै,  बागमती प्रदेश ०२०३० प ८४ ६८ नम्बरका मोटरसाइकल चालक कोटेश्वरका देबेन्द्र घिमिरे, बा ८८ प २८ ५७ नम्बरका मोटरसाइकल चालक बानेश्वरका जोतलाल तामाङ, बागमती प्रदेश ०२०२२ च ४९ ६९ नम्बरको जीप चालक सिन्धुपाल्चोकका एबेन्द्र कार्की र इम्बोस्ट बीएबी १९ ६४ नम्बरको कारचालक थानकोटका पवन राना मगर पक्राउ परेका हुन् । 

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त जगातीमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।  

पुष महिनाभरी लागुऔषध सेवनगरी सवारी साधन चलाउने ८ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्