भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवनगरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरिकसहित ७ जना चालकलाई शनिबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा चालक पक्राउ परेका हुन् ।
बा ६९ प ५६ २७ नम्बरको मोटरसाइकल चालक अमेरिकन नागरिक टास्कम होप्कन, बा ९५ प ६२ ५१ नम्बरको मोटरसाकल चालक भक्तपुरको जगातीका अशोक गुरुङ, बा ८१ प ४२ ६३ नम्बरको मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपाका आकाश तामाङ पक्राउ परेका हुन् ।
त्यस्तै, बागमती प्रदेश ०२०३० प ८४ ६८ नम्बरका मोटरसाइकल चालक कोटेश्वरका देबेन्द्र घिमिरे, बा ८८ प २८ ५७ नम्बरका मोटरसाइकल चालक बानेश्वरका जोतलाल तामाङ, बागमती प्रदेश ०२०२२ च ४९ ६९ नम्बरको जीप चालक सिन्धुपाल्चोकका एबेन्द्र कार्की र इम्बोस्ट बीएबी १९ ६४ नम्बरको कारचालक थानकोटका पवन राना मगर पक्राउ परेका हुन् ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त जगातीमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
पुष महिनाभरी लागुऔषध सेवनगरी सवारी साधन चलाउने ८ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको जनाएको छ ।