
यती एयरलाइन्सको जहाज दुर्घटनामा सवार यात्रुहरुको आफन्तले थप जानकारी प्राप्त गर्न मोबाइल नम्बर उपलब्ध गराइएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार एयरलाइन्सको ९ एनएएनसी जहाजमा सवार यात्रुहरुको आफन्तजनले थप जानकारी प्राप्त गर्न एयरलाइन्सकै राम लामिछानेको मोबाइल नम्बर ९८०२८२८८०० उपलब्ध गराएको हो ।
साथै गण्डकी अस्पताल नजिकै होटल लेकालीमा आफन्तजनलाई बास बस्ने व्यवस्था गरिएको पनि प्राधिकरणले जनाएको छ । काठमाडौँबाट पोखरा उडेको जहाज आइतबार बिहान सेती नदीको खोँचमा खस्दा ७२ मध्ये ६८ जना यात्रुको मृत्यु भएको छ । अन्य चार जनाको खोजीकार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।