२९ जेठ २०८३, शुक्रबार

चिसोबाट जोगाउन ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चिसोबाट जोगाउन ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको हो । 

उपमहानगरपालिकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाकाले ज्येष्ठ नागरिकलाई सो न्यानो कपडा वितरण गरेको हो । उपमहानगरपालिकाका १९ वडाका ज्येष्ठ नागरिकलाई बलाङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताइन् । “हामीले १९  वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छौँ”, उनले भनिन्, “वडाको सिफारिसका आधारमा उहाँहरुलाई ती कपडा वितरण भयो ।”

अतिविपन्न, गरिब, न्यानो कपडा किन्न नसक्नेलाई लक्षितगरी प्रत्येक वडाबाट १५ जनालाई वितरण गरिएको उपप्रमुख चौधरीको भनाइ छ । अहिले बजेट न्यून भएकाले प्रत्येक वडाबाट १५ जनालाई मात्रै वितरण गरिएको भए पनि अर्को पटक यसलाई बढाउने लक्ष्य रहेको उनले बताइन् । सबै वडा–वडामा पुगेर न्यानो कपडा वितरण गरिएको छ । साथै आगामी वर्षदेखि ज्येष्ठ नागरिकको घर–घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाउने उनको भनाइ छ ।   

विपन्न ज्येष्ठ नागरिकको अवस्था दयनीय भएको जनाउँदै सहयोग गर्नु सकारात्मक कार्य रहेको ज्येष्ठ नागरिक मञ्च लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीले बताए । “धेरै ज्येष्ठ नागरिकले आर्थिक अवस्था कमजोर हुँदा चिसो खप्नुपर्ने अवस्था छ”, उनले भनिन्, “यसलाई मध्यनजर गरी जुन कार्यक्रम भएको छ, यो एकदमै सकारात्मक छ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्