०६ साउन २०८३, बुधबार
यतीको विमान दुर्घटना

पोखरा विमान दुर्घटनामा दोस्रो दिनको खोज तथा उद्धार शुरू

पोखरा विमान दुर्घटनामा दोस्रो दिनको खोज तथा उद्धार शुरू

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको खोज तथा उद्धार कार्य दोस्रो दिन सोमवार शुरू भएको छ ।

दुर्घटनामा परी निधन भएका ६३ जनाको शव आइतवार फेला पारेर संकलन गरी पोस्टमार्टमका लागि अस्पताल लगिएको थियो ।

विमानमा यात्रु र चालक दलका सदस्य गरी कूल ७२ जना रहेकामा ६३ शव संकलन भइसकेका छन् भने ५ शव संकलन गर्न बाँकी छ । अन्य ४ जनालाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

पहिचान भइसकेका शवलाई अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्