
हिजो आइतबार बिहान ११ बजे भएको यती एअरको विमान दुर्घटनामा कुश्मा नगरपालिका-९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी ११ वर्षकी प्रसिद्धि पौडेलको मृत्यु भएको छ।
मंसिर ४ गते भएको प्रतिनिधिसभाका निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार थिए।
२०५५ सालमा नेपाल प्रहरीमा भर्ना भएका अरुण पौडेल पर्वतबाट निर्वाचनमा उठेका थिए। उनी पूर्व प्रहरीसहायक निरीक्षक हुन्।
अरुण छोरीको स्कुल बिदापछि उनीहरू पर्वत जाँदै थिए। उनीहरूलाई लिन उनका भाइ केशव विमानस्थलमै पुगेका थिए।
काठमाडौंको बृहस्पति विद्याश्रममा प्रसिद्धि कक्षा ५ मा पढ्थिन् भने पौडेल ९ वर्ष कोरिया बसेर फर्केका थिए । कोरियाबाट फर्केपछि पौडेल ३ छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आएका थिए ।