२८ जेठ २०८३, बिहीबार
मन्त्रिपरिषद् विस्तार

शपथको २१ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रचण्डको तयारी

शपथको २१ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रचण्डको तयारी

शपथ लिएको २१ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

नयाँ मन्त्रीलाई मंगलबार शपथ गराउने गरी सोमबार नै मन्त्रिपरिषद्को गृहकार्य भइरहेको बालुवाटार स्रोतले बतायो । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि प्रचण्डले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका थिए ।

ओली निवास बालकोटमा भएको ‘लन्च मिटिङ’पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने बताएका हुन् । नेकपा एमालेले ८ मन्त्रालय पाउने गरी भागबण्डा टुंगिएको छ ।

नेकपा माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ र राप्रपाले दुई मन्त्रालय पाउने सहमति भएको छ । जसपाले पनि दुई मन्त्रालय पाउने सहमति छ ।

पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा तीन उपप्रधानमन्त्रीसहित चार जना विनाविभिागीय मन्त्रीसहित क्याबिनेट बनाएका थिए । नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादीबाट उपप्रधान सहित भौतिक पूर्वाधार र यातायातमा नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमा रास्वपाका रवि लामिछाने मन्त्री बनिसकेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई उपप्रधानसहित सरकारमा सहभागी गराउने गठबन्धनको तयारी छ । राप्रपाले ऊर्जा र अर्को एक मन्त्रालय पाउने सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्