
सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न बैठक बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेका छन्। दलहरूबीच मन्त्रालय भागबण्डाको टुंगो लागिसकेको छ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको छलफलले सत्तारुढ दलले पाउने संख्या र मन्त्रालयमा मोटामोटी सहमति जुटाइसकेको छ ।
बैठक मूलतः मन्त्रिपरिषद् विस्तारमा केन्द्रित हुने बताइएको छ।