०६ साउन २०८३, बुधबार
सत्ता साझेदार दलहरूको बैठक

मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक

मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक

मन्त्रिपरिषद्लाई पूर्णता दिनेसम्बन्धी सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा एक घण्टादेखि जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको सहमतिलाई अन्तिम रूप दिन बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट उपेन्द्र यादव सहभागी छन् ।

सत्तारुढ दलबीच एमालेले २ राज्यमन्त्रीसहित सबैभन्दा बढी ८ मन्त्रालय पाउनेछ ।

सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपा र जसपाले २-२ वटा मन्त्रालय पाउने मोटामोटी समझदारी भएको छ ।

लोसपालाई पनि एउटा मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको बुझिएको छ । सरकारमा सहभागी हुन तयार भएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेत एक मन्त्रालय दिएर ल्याउने तयारीमा प्रधानमन्त्री प्रचण्ड र ओली लागेको बताइन्छ ।

सबै साना दललाई पनि सरकारमा सहभागी गराउँदा राष्ट्रपति निर्वाचनमा सहज हुने बुझाइ सत्तारुढ दलको छ ।

प्रधानमन्त्रीमा १० पुसमा नियुक्त भएर प्रचण्डले ११ पुसमा सपथ लिएका थिए । शपथ लिएकै दिन उनले अरू तीन मन्त्रीलाई जिम्मेवारी तोकेका थिए । चार मन्त्रीलाई जिम्मेवारी नतोकेका प्रचण्डले २१ दिनपछि बल्ल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।

सरकारमा सहभागी हुने दलको संख्या धेरै भएपछि संख्या र मन्त्रालयको विषय टुंग्याउन सकस परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्