०७ साउन २०८३, बिहीबार

मंगलबार मन्त्रिपरिषद् विस्तार हुने, सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगियो

मंगलबार मन्त्रिपरिषद् विस्तार हुने, सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगियो

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । सोमबार अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार हुने र मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको जानकारी दिए । 

बैठकपछि उनले भने, ‘कुन कुन पार्टीले कुन कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा हामीले तय गर्यौँ । अब को को मन्त्री हुने भनेर भोलि सार्वजनिक गर्छौँ ।’ यद्यपि मन्त्रालयको बाँडफाँड भने सबै टुंगिएको उनले स्पष्ट गरे । 
उनले सत्ता साझेदार दलमा भएको सहमतिअनुसार मंगलबार बिहान आ–आफ्नो पार्टीमा छलफल गरिने पनि जानकारी दिए । 

सत्ता साझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो । बालुवाटार बैठकले प्रचण्ड र ओलीबीच मन्त्रीहरुको भागबण्डाका विषयमा भएको  सहमतिलाई थप छलफल गरेर अन्तिम रूप दिइएको बताइएको छ ।

प्रधानमन्त्रीमा १० पुसमा नियुक्त भएर प्रचण्डले ११ पुसमा शपथ लिएका थिए । शपथ लिएकै दिन उनले अरू तीन मन्त्रीलाई जिम्मेवारी तोकेका थिए । चार मन्त्रीलाई जिम्मेवारी नतोकेका प्रचण्डले मंगलबार भने मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्