२४ असार २०८३, बुधबार

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सडक डिभिजन कार्यालय चितवनको  निरीक्षण अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा  ध्यान दिन आग्रह गरे ।

चितवनमा  निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री  श्रेष्ठले  सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गरेका थिए ।

उनले  यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो  मापदण्ड पालना गरी गुणस्तरसहित  सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए। चितवन देशकै केन्द्र भागमा पर्ने  भएकाले  यहाँबाट विकास निर्माणलाई तीव्रगतिमा अघि  बढाउन उनले निर्देशन दिए। उनले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई आफूले  तीव्र बनाइने बताए ।

उपप्रधमन्त्री  श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको  निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्