
नेपाल प्रहरीका पूर्व प्रमुख ध्रुवबहादुर प्रधानले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मंसिर ४ गतेको चुनावमा नवलपरासी–२ (सुस्ता पश्चिम) बाट सानदार जीत दर्ता गरेका प्रधानले महत्त्वपूर्ण कानून मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी राप्रपाका उपाध्यक्ष पनि हुन् ।
प्रधान २०५३ सालमा नेपाल प्रहरीको प्रमुख भएका थिए ।
प्रधानले पूर्व गृहराज्यमन्त्री एवं कांग्रेस उम्मेदवार देवेन्द्रराज पाण्डेलाई १५ हजार १७० मतान्तरले पराजित गरेका थिए । प्रधानले ३४ हजार ७६४ मत पाउँदा कँडेलले १९ हजार ५९४ मत मात्रै पाएका थिए । चौथोपटक पनि कँडेलको सांसद बन्ने बाटो छेक्दै प्रधान सांसदमा भारी मतान्तरले विजयी हुन सफल भएका थिए ।
प्रधान नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष पनि हुन् ।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान एवं ऊर्जा, विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी मकवानपुर–१ बाट चुनाव जितेका दीपकबहादुर सिंहले पाएका छन् ।