२४ असार २०८३, बुधबार
मन्त्रिपरिषद् विस्तार

मन्त्रालय भागबण्डामा जनमतको असन्तुष्टि, मन्त्री भन्छन्– खानेपानी लिएर त बस्दैनौं

माघ ३, २०७९
मन्त्रालय भागबण्डामा जनमतको असन्तुष्टि, मन्त्री भन्छन्– खानेपानी लिएर त बस्दैनौं

सीके राउत नेतृत्वको जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएको छ ।

मंगलवार मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालय प्रस्ताव गरिएपछि जनमतले सरकारबाटै बाहिरिने चेतावनी दिएको छ ।

जनमतबाट अब्दुल खान यसअघि नै विना विभागीय मन्त्री बनिसकेका थिए ।

'खानेपानी मन्त्रालय लिन प्रस्ताव आएको छ । खानेपानी लिएर त सरकारमा नबस्ने,' विना विभागीय मन्त्री खानले लोकान्तरसँग भने, 'सरकारमा रहने कि नरहने भन्ने विषयमा अब पार्टीले निर्णय गर्छ ।'

खानले प्रधानमन्त्री प्रचण्डसँगै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मंगलवार नयाँ मन्त्रीहरूको शपथमा समेत खान उपस्थित भएका थिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्