
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त मन्त्रीहरू शपथ ग्रहणलगत्तै दर्शनका लागि पशुपतिनाथ मन्दिरतिर गएका छन् ।
भगवान् पशुपतिनाथको दर्शनपछि मात्रै सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्ने राप्रपाका मन्त्रीको तयारी छ ।
राप्रपा उपप्रधान तथा ऊर्जामन्त्रीसहित अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको छ ।
उपप्रधानमन्त्री लिङदेन र उर्जा राज्यमन्त्री दीपक सिंह शीतलनिवासबाट सिधै पशुपति मन्दिर पुगेका थिए ।