२८ असार २०८३, आइतबार

अवैध हतियार र विस्फोटक पद्धार्थसहित २ जना पक्राउ

अवैध हतियार र विस्फोटक पद्धार्थसहित २ जना पक्राउ

अवैध हातहतियार र विस्फोटक पद्धार्थसहित बुटवलबाट दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ घर भई हाल रुपन्देहीको सैनामैना– १ पर्रोहा बस्ने नविनचन्द्र रेग्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्कीलाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट प्रहरीले रिभल्वर थान १, माबाइल थान ३, ९ एमएमको गोली १४ राउण्ड, ७.६२ एमएमको गोली ४ राउण्ड, ०.२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान ३, डेटोनेटर केस थान ६० लगायतका सामग्री बरामद गरेको इप्रका बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिए । 

प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक थापाले बुटवल– ११ देवीनगरबाट उनीहरूलाई पक्राउ गरिएको बताए । बुटवलका विभिन्न व्यवसायीहरूलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो । 

खोजतलासकै क्रममा अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको हो ।  उनीहरूलाई हातहतियार तथा विस्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्