
नेपालगञ्जबाट काठमाडौंका लागि उडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटीका कारण अवतरण हुन नसकी झापा पुगेको श्री एयरको विमान काठमाडौं फर्किंदैछ ।
झापामा अवतरण गरिएको विमान अब काठमाडौंमा अवतरण हुने तयारी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले लोकान्तरलाई बताए ।
क्वालालाम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन नसकेपछि कोलकाता ‘डाइभर्ट’ गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानमा आउने विमानहरू होल्ड वा डाइभर्ट हुने उनले बताए ।
भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएका छन् । शुक्रवार बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।